दुधकोशी सामुदायिक अस्पताल
मुक्ली, थुलुङ्ग दुधकोशी, सोलुखुम्बु
मुक्ली, थुलुङ्ग दुधकोशी, सोलुखुम्बु
ब्यवस्था फेरियो, शासक फेरियौँ, अवस्था फेरिएन । जनतालाई सेव प्रवाह गर्ने सम्रचनाहरु फेरिएनन् । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको नैसर्गिक अधिकारको रुपमा ग्यारेण्टि गरेको छ । राज्यपुनरसंचनासँगै मुलुकमा तीन तहका सरकार पनि बनिसकेका छन् । संविधानमै स्थानीय सरकारको अधिकार भित्र स्वास्थ्य लाई राखिएको छ । हरेक नागरिकको स्वास्थ्य निगरानी स्थानीय सरकारको सरोकारको सवाल हो । जब सम्म जनता स्वस्थ हुँदैनन, तबसम्म विकास र सम्बृद्धि सम्भव छैन । विकास प्रतिको आम बुझाई भौतिक पक्षलाई मात्रै जोडेर हेरिने गरिएको छ । शिक्षा, स्वास्थ्य, सरसफाई, पोषण र समग्र मानव विकासलाई सँगसँगै लैजानु आजको टड्कारो आवश्यक्ता हो ।
अझ हाम्रो जस्तो विकट हिमाली तथा पहाडी भुगोलमा स्वास्थ्य सेवा निकै चुनौति र जटिल बन्दै गएको छ । स्वास्थ्योपचारको अभावमा अकालमै ज्यान गुमाउनु ग्रामिण भेगका नागरिकको नियति नै बनेको छ । अस्पतालको पहुँच नपुगेकै कारण जिल्लामा बर्षेनी दर्जनौले ज्यान गुमाएको तथ्यांक हामीसँग ताजै छन् । उपचारकै अभावमा अल्पायुमा जो कोहीले ज्यान गुमाउनु नपरोस, धनी र हुनेखानेहरुको उपचार त जसरी पनि सम्भव होला, हाम्रो लक्ष्य गरिब र हुँदाखानेहरुका लागि केन्द्रित रहनेछ । सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा आधुनिक सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरि सबै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने अभियानमा हामी जुटेका छौँ । कुलो एक बर्ष पछि पनि बनाउँदा फरक नपर्ला, तर रोगले एक मिनेट पनि छोड्दैन । यही ध्रुव सत्यलाई मनन गरि द्रुत गतिमा अस्पताल निर्माण गरि सेवा प्रवाहका लागि यही चैत्र २ देखि ९ गतेसम्म बृहत धार्मिक ज्ञानमहायज्ञको आयोजना गरिएको हो । वाचनप्रविण पण्डित दिनबन्धु पोख्रेलको वाचकत्वमा हुने महायज्ञबाट संकलित रकमले हाम्रो पिढिलाई मात्रै नभइ भावि पुस्तालाई नाशोको रुपमा अस्पताल निर्माण गरिनेछ । यो महान तथा पवित्र कार्यमा हामी सबैसँग हातोमालो गरेर अगाडि बढ्न चाहान्छौँ । किनकी अस्पताल सधैँका लागि अनि सबैका लागि हो ।